१४ जना यात्रु बोकेको जीप डोटीमा दुर्घटना हुँदा, हेर्नुहोस

डोटीको सायल गाउँपालिका–१ तेलपारामा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।सायलबाट दिपायलका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३९४ नम्बरको जीप आज बिहान दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयाे ।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल लगिएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा १४ जना रहेका प्रहरीले जनाएको छ।

जीप चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post