काठमाडौंको कोटेश्वरबाट आयो दुःखद खबर

काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।काठमाडौं महानगरपालिका–३२ कोटेश्वर चोकस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप गोकुलगंगा गाउँपालिका १ का ३७ वर्षीय आशा बहादुर नेवारको मृत्यु भएको हो।

बा २ ख ६१२१ नम्बरको बसले बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Post a Comment

Previous Post Next Post