२७ वर्षीय नातीले आफ्नै हजुर आमालाई…

उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २७ वर्षीय नाती रोहित दनुवार पक्राउ परेका छन् ।

बिहीबार बिहान हजुरआमा र नातीबीच जग्गा अंशबण्डाको विषयमा विवाद हुँदा रोहितले धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हजुरआमाको हत्यापछि फरार रहेका उनलाई दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए ।रोहितले हजुरआमाको शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले रोहितलाई पक्राउ गरेको हो । घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि कटारी अस्पताल पठाएको छ ।

हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post