हरिवनमा एमाले उम्मेदवारले एक मतले जितेपछि कांग्रेसले गर्‍यो चक्काजाम

सर्लाहीको हरिवन नगरपालिकामा नेपाली कांग्रेसका कार्यक र्ताले चक्काजाम गरेका छन्। वडा नम्बर ७ को पुन: मतगण नाको माग गर्दै कांग्रेस नेता कार्यकर्ताले राजमार्गमा चक्काजाम गरेका हुन्।

यहाँ १ मतले नेकपा एमालेका उम्मेदवार निर ध्वज कार्की विजयी भएपछि कांग्रेसले पुनः मतगणना गर्न माग गरेको हो।वडा नम्बर ७ को अन्तिम मतपरिणाम अनुसार कांग्रेस,,का अशोक थापाले ३७८ ल्याउँदा एमालेका कार्कीले ३७९ मत प्राप्त गरी विजयी भएका छन्।गणनामा त्रुटी भएको भन्दै कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गरेका थिए।

तर निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले पुनः मतगणना गर्नुनपर्ने सूचना प्रकाशित गरेपछि कांग्रेसी कार्यकर्ताले मतग णनास्थल ईलाका प्रशासन कार्यालयमा ढुंगमुढा गरेका छन्।ढंगामुढाबाट ईलाका प्रशासन कार्यालयका झ्यालका सिसा फुटेको छ।

सुरक्षाकर्मीले ढुंगामुढा गर्ने कांग्रेसीलाई धपाउन २ सेल अश्रुग्याँस प्रहार गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले

जानकारी दिए।लगत्तै कांग्रेसी कार्यकर्ताहरूले राजमार्गमा नाराबाजीसहित टायर बालेर चक्काजाम गरेका छन्। अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post