भरतपुरमा रेनु दाहाल फेरि १२ मतले अघि बढिन्

भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता बनाएकी छन् । कुल १५ हजार ३१ मतगणना गर्दा रेनु दाहालले ५०३९ मत प्राप्त गरेकी हुन् ।

यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएकी छन् । रेनु र विजयको मतान्तर १२ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन् ।यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ६०४३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ४०४२ मत पाएकी छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post