पर्वतमा जीप र बस ठो’क्किदा जीप चालकको मृ’त्यु, १३ जना घा’ईते

पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित परादीमा जीप र बस ठो क्किएर भएको दु र्घटनामा परी एक जनाको मृ त्यु भएको छ।

मृ त्यु हुनेमा जीपका चालक बागलुङको काठे खोला गाउँपालिका वडा नं. ७ का ३१ वर्षिय लालबहादुर थापा मगर रहेका छन्।दु र्घटनामापरि १३ जना घा इते भएका छन्। घा ईतेमध्ये तीन जनाको अवस्था ग म्भीर छ। उनीहरुलाई थप उपचारका लागि पोखरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। अन्य १० जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहे को छ।

बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो र पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बस ठो क्किदा दु र्घटना भएको जिल्ला प्रहरी कार्या लय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधि कारीले बताए। जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ।

केही घाइतेहरूलाई जिपभित्रै च्या पिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। अहिले उपचार नै चलिरहेको कारण सबै घाइतेहरूको पहिचान खुलि नसकेको इन्स्पेक्टर अधिकारीले बताए। ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत दिशाबाट गुडेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post