सिंहदरबारभित्र कर्मचारीको मृत्यु, अचानक यस्तो भयो

हावाहुरीले सिंहदरबारभित्र रुखकाे हाँगा भाच्चिई खसेर लाग्दा सिंहदरबारमा एक कर्मचारीकाे मृत्यु भएकाे छ।मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका-५

घर भएका २७ वर्षीय विजय कार्की रहेका छन्। उनी राष्ट्रिय अनुसन्धान विभागमा सूचककाे रूपमा कार्यरत थिए।हावाहुरीका कारण विभागकाे कम्पाउन्डमा रहेकाे रुखकाे हाँगा भाँचिएर उनकाे टाउकाेमा लाग्दा गम्भीर घाइते भएका थिए।

रुखकाे हाँगा खसेर गम्भीर घाइते भएका कार्कीकाे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

कार्कीकाे शव पाेस्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएकाे छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post