रोल्पा र रूकुममा कांग्रेस-माओवादी कार्यकर्ताबीच दिनहुँ झडप…

स्थानीय तह निर्वाचन नजिकिएका बेला रोल्पा, रूकुममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप भइरहेका छन्।

केन्द्र र प्रदेश सरकारमा सँगै रहेका कांग्रेस र माओवादीबीच भने स्थानीय चुनावका बेला विभिन्न जिल्लाहरूमा कुटाकुट र झडप हुने गरेका छन्।मंगलबार बेलुकी रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर ५ मा माओवादी कार्यकर्ताको आक्रमणबाट कांग्रेसका दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन्।खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता कमल बुढा र मानबहादुर बुढा घाइते भएका छन्।

उनीहरुको उपचार दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।चुनाव प्रचारप्रसारका क्रममा कांग्रेस र माओवादी कार्यकर्ताबीच कुईनेटा भन्ने स्थानमा जम्काभेट भएपछि माओवादीका कार्यकर्ताले खुकुरी प्रहार गरेको भन्ने छ,’ घिमिरेले भने, ‘म अहिले पनि गंगादेव गाउँपालिकामै छु, खुकुरी हान्नेहरुको खोजी भइरहेको छ।

माओवादी कार्यकर्ता राजेन्द्र परियार लगायतको समूहले खुकुरी प्रहार गरेको हुँदा उनीहरुको खोजी गरिएको उनले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post