गाउँपालिकामा अध्यक्षका उम्मेदवारलेप्राध्यापकलाई निर्घात कुटपिट गरे पछि...

बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले प्राध्यापकलाई निर्घात कुटपिट गरेका छन् ।बैतडीमा शिक्षकमाथि कुटपिट गरेको आरोपमा सत्ता

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोकेन्द्र राना (सितल) पक्राउ परेका छन्।पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिँडेका कार्यकर्ता वीरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी-५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।

कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले बताए । कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरूलाई स्थानीयले दुई घण्टा घेराउ गरेका थिए ।प्राध्यापक जोशी स्वतन्त्र उम्मेदवार सन्तोष जोशीको प्रचार गरिरहेको भन्दै विवाद भएको हो ।

शिक्षकले प्रचारमा हिँड्न नहुने भनेपछि विवाद भएको भनिए पनि गोरु जोत्ने मान्छे खोज्न हिँडेका बेला कुटेको पीडित पक्षको भनाइ छ ।कुटपिटमा संलग्न गाउँपालिका अध्यक्षका उम्मेदवार राना नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन भने उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् ।कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पीडित पक्षबीच गोकुलेश्वर प्रहरी चौकीका छलफल भैरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post