विवाह मण्डपबाटै झापामा बेहुला प’क्राउ

दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई झापा प्रहरीले प”क्रा’उ गरेको छ। केटी पक्षलाई दबाब दिएर दाइजोमा मोटरसाइकल माग्ने झापा गाउँपालिका

( ४ का २८ वर्षीय डेबिट चौधरीलाई प्रहरीले केटीको घरबाटै प’क्रा’उ गरेको हो।मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीसँग विवाह गर्दा चौधरीले मोटरसाइकल दाइजो दिनुपर्ने भन्दै द”बा’ब दिएका थिए।

मोटरसाइकल नदिए उठेर हिँड्छु भन्दै चौधरीले मण्डपमै विवाद गरेपछि बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए। लगत्तै पुगेको प्रहरीले चौधरीलाई मण्डबाटै प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

पाठकका अनुसार बिहीबार राति बेहुला जन्तीसहित बेहुलीको घर पुगेका थिए। शुक्रबार बिहान विवाह सम्पन्न भएपछि चौधरीले दाइजोमा मोटरसाइकल चाहिने भन्दै दबाब दिएका थिए

।बेहुलाले मोटरसाइकल नदिए बेहुली छाडेर हिँँड्छु भनेपछि केटीपक्षले प्रहरीलाई खबर गरे,’ डीएसपी पाठकले भने, ‘तत्कालै पुगेको प्रहरीले बेहुला चौधरीलाई मण्डबाटै पक्राउ गरेको हो। उनलाई हाल इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ।’चौधरीलाई विवाहमा लेनदेन गर्न नहुने सम्ब’न्धी कसुरमा मु’द्दा चलाउने तयारीले प्रहरीले गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post