
काठमाडौं । पछिल्लो दुई हप्तामा भारतमा एलपी ग्यास सिलिन्डरको मूल्य बढेको दोस्रो पटक बढेको छ ।एलपी ग्यासको मूल्य भारु तीन रुपैयाँ ५० रुपैयाँले बढेको हो ।
योसँगै भान्सामा प्रयोग हुने ग्यास सिलिन्डरको नयाँ मूल्य १ हजार ३ रुपैयाँ पुगेको छ ।यही महिनाको ७ तारिखमा घरेलु ग्यास सिलिन्डरको मूल्य बढेको थियो, त्यसबेला प्रति सिलिन्डर ५० रुपैयाँले बढेको थियो ।
मार्च २०२० अघि ग्यासको मूल्यमा अन्तिम वृद्धि ६ अक्टोबर २०२१ मा देखिएको थियो । त्यसबेला सिलिन्डरको मूल्य ५० रुपैयाँले बढेको थियो ।जनवरी २०२१ मा घरेलु ग्यास सिलिण्डरको मूल्य ६९४ रुपैयाँ थियो । फेब्रुअरी २०२१ मा मूल्य बढेर ७६९ रुपैयाँ भयो ।
भारतका ग्यास कम्पनीहरूले हरेक महिना सिलिन्डरको मूल्य समीक्षा गर्छन् र आवश्यक पर्दा मूल्य बढाउँछन् । नेपालमा पनि यसको असर पर्ने देखिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****