बैतडीमा कोदालोले हिर्काउँदा एक युवकको मृत्यु

बैतडी। बैतडीमा कोदालोले हिर्काउँदा एक युवकको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ मनकुडाका अन्दाजी २७ बर्षीय श्यामबहादुर ऐरको मृत्यु भएको हो।

सोही ठाउँका २९ बर्षीय बिरसिंह ऐरले खानेपानीको बिषयमा विवाद हुँदा श्यामबहादुरलाई कोदालोले हिर्काएको स्थानीय एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले बताए। विरसिंह ऐरले कोदालाले हिर्काउँदा श्यामबहादुर ऐरको छातीमा गम्भीर चोट लागेर मृत्यु भएको उनले बताए।

मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लगीएको छ।कोदालोले हिर्काउने विरसिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । दुवैजना छिमेकी रहेका र खानेपानीको बिषयमा विवाद हुँदा शुक्रबार दिउँसो घटना भएको बताइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post