पल शाहको विषयमा उच्च अदालत पोखराबाट आयो यस्तो आदेश

अभिनेता पल शाहलाई थुनामा राख्ने र कृष्ण जोशीलाई छाड्ने आदेश सँगै राखेर पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ।

बिहीबारको सुनुवाइपछि न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले कृष्ण जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध पनि सरकारले उच्च अदालतमा निवेदन दिएकाले दुवै निवेदनलाई सँगै राखेर पेश गर्न आदेश दिएको हो।

अर्को पेशी आगामी बिहीबारका लागि तोकिएको छ। पल शाहले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने दुवै अदालतको आदेश बदर गरी थुनामुक्त गरी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन्।

यस्तै जिल्ला अदालत तनहुँले एक लाख रुपैयाँ धरौटीमा छाडेका पलका म्यानेजर कृष्ण जोशीविरुद्धको आदेश बदर गरी उनलाई पनि थुनामा पठाउन माग गर्दै सरकारी वकिल कार्यालयले निवेदन दिएको थियो। पल शाहलाई छाड्न माग गरिएका दुवै निवेदन र कृष्ण जोशीलाई पनि थुनामा राख्नुपर्ने निवेदन सँगै राखेर हेर्न आदेश दिएको हो।

बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालतमा निवेदन दिएका हुन्। तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र नवलपरासी पूर्वको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए।

गत साता पनि यो मुद्दामा उच्च अदालतमा सुनुवाई भएको थियो। तर दुवै अदालतको आदेशविरुद्ध छुट्टाछुट्टै निवेदन परेकाले दुवै अदालतको आदेशविरुद्धका निवेदनलाई सँगै पेश गर्न आदेश भएको थियो। आज दुवै मुद्दा एकसाथ पेश गरिएको थियो।

आफूलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने पलको माग छ। नाबालिग पीडितले पनि अहिले बयान फेरिसकेकी छन्। जसले पल थुनामुक्त हुने सम्भावना बढाएको छ। यसअघि जाहेरीमा पलले बलात्कारको आरोप लगाए पनि पीडित नाबालिग र जाहेरवाला उनका बुबाले पनि बलात्कार नभएको बयान दिएका छन्।

पीडितले नै झुटो जाहेरी दिएको बताएपछि पललाई थुनामुक्त गर्नुपर्ने उनी पक्षको माग छ। यसअघि दुवै जिल्ला अदालतमा पल शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै दुवै अदालतमा मुद्दा दर्ता भएका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post