बाजुरामा काँग्रेस र एकीकृत समाजवादीबीच झडप हुँदा तनावग्रस्त, प्रहरीले चलायो १४ राउन्ड गोलि, प्रहरीसहित २१ जना घाइते

बाजुरामा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यकर्ताबिच झडप भएको छ। बाजुराको बुढीनन्दा नगरपालिका ९ स्थित अगाउँपानीमा कार्यकर्ताबीच झडप हुँदा

१६ प्रहरीसहित २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।एकिकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

एकिकृत समाजबादीका कार्यक्रताहरु प्रहरी चौकीमा पुगेपछी प्रहरीले संरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फायर समेत भएको छ। प्रहरी स्थिति नियन्त्रणमा लिनका लागि १४ राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले वताए ।

प्रहरीले स्थिती नियन्त्रण लिनका लागि १४ राउन्ड गोलि चलाएको छ, अझै स्थिति नियन्त्रण भन्दा बाहीर रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना पाण्डुसेन प्रहरी चौकिमा तथा घटानस्थल भएको ठाउँमा पुगेको छ । प्रहरी प्रमुख चर्तुभुज ओझाले भने काँग्रेसले गाउँगाउँ बाट मान्छे बोलाइरहेका छन्, स्थिति निकै तनावग्रस्त रहेको छ।

एकिकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

एकिकृत समाजबादीका कार्यक्रताहरु प्रहरी चौकीमा पुगेपछी प्रहरीले संरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न खोज्दा प्रहरीले हवाई फाईर समेत गरेको सुचना अधिकारी बोगटीले जानकारी दिएका छन । झडपमा प्रहरी १६ जना, समाजवादीका ३ जना घाइते भएका छन् ।

भने २ जना काँग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अहिले पनि तनाब्र गस्त स्थितीमा रहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post