कञ्चनपुरको बेलौरीमा उम्मेदवारमाथी कुटपिट

कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का कार्यकर्तामाथी कुटपिट भएको छ । मंगलबार चुनावी प्रचारमा रहेका एकीकृत।

समाजवादी तर्फका तिकल भट्ट, उपमेयरका उम्मेदवार नन्दकुमार रानामाथी कुटपिट भएको प्रहरीले जनाएको हो ।प्रहरीका अनुसार एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य भट्टको नाकमा सामान्य चोट लागेको छ ।

उनिहरुमाथी नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेको आरोप छ । कुटपिटको घटनापछि नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटी र नेकपा माओवादी केन्द्र बेलौरी नगरले विज्ञप्ति जारी गर्दे उक्त सांघातिक आक्रमण प्रति भत्सना जनाएका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post