निर्वाचनको मुखैमा तीन जना पक्राउ कारण थाहा पाउँदा सबै अच्चमित

निर्वाचनको मुखैमा चोरीका घटना बढ्न थालेका छन् । बुटवलमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६

बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरिएको हो।बुटवल ६ बीपी चोकस्थित दिलबहादुर सुनारले सञ्चालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोडभन्दा बढीको सुन र गहना चोरी भएको थियो।

चोरी गरेर फरार अभियुक्त भारत जौहरी मोहल्ला चौँक लखनउ चौक उत्तर प्रदेश बस्ने ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने २५ वर्षीय मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक-२ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने २२ वर्षीय मोहम्मद सारीक रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि मङ्गलबार सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय बुटवल र लुम्बिनीबाट खटिएको टोलीले खोजतलासको क्रममा वैशाख २६ गते साँझ पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट सुन, सुनका गहना र सुनका सिक्का बरामद गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post