२१ वर्षदेखि फरार अभियुक्त भोट हाल्न आउँदा…

साविक पुनरावेदन अदालत पोखराले कैद र जरिवाना सुनाएका लमजुङको मध्यनेपाल नगरपालिका १ जिताका ५१ वर्षीय भुपेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

२०५७ सालको अन्त्यतिर भएको चोरी तथा डाँकामा संलग्न रहेको आरोपमा उनी २०५८ वैशाखतिर ३ साता प्रहरी हिरासतमा बसेका थिए ।

लमजुङ जिल्ला अदालतले साधारण तारेखमा छाडेका उनलाई तत्कालीन पुनरावेदन अदालत पोखराले २०६० फागुन ३ गते डाँकाचोरी मुद्दामा ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो ।

तर उनी फरार थिए । तर चुनावमा भोट हाल्न गाउँ आएको सूचनाका आधारमा उनलाई पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।प्रहरीका अनुसार उनका सुरुका फाइलहरुमा घटनाबारे एकीन तथ्यांक भेटिएको छैन ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी अदालतले पौडेललाई ९ वर्ष ११ महिना ६ दिन कैदमा राख्ने फैसला सुनाएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post