
धनगढी। धनगढीको चटकपुरमा आगलागी भएको छ। आज दिउँसो धनगढी उपमहानगरपालीका ३ को ६ लेन सडकस्थित सहिदगेट नजिकै।
आगलागी भएको प्रत्यक्षदर्शी राजेस नेगीले जानकारी दिए धनगढी ६ लेन सडक स्थित सहिद गेटको नजिकै प्रहरी बिटको छेउको बिजुलीको पोलको तारमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीका अनुसार सहिदगेट नजिकै प्रहरी बिटको छेउमा रहेको बिजुलीको पोलमा आगो लागेको बताए ।उनले दमकल, प्रहरी र स्थानीयले सहयोगले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए ।
विद्युतको तार सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ।अब्यवस्थीत बिद्युत तारको लाईन तथा लार्पवाहीका कारण आगलागी बढीरहेको स्थानियले बताएका छन् । यसबारे सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको स्थानियको भनाई छ ।