कैलालीमा बसको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु, एक जना घाईते

/p>

कैलालीको लम्कीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलारा अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना ५क ४३८२ नम्बरको बसले।

से ५क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको हो। भने एक जना घाईते भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रवार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती राना घाइते भएकी हुन्।

कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार स्थानीय अस्पतालमा सामान्य उपचारपछि राजमतीलाई कोहलपुर रेफर गरिएको छ। दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन्। प्रहरीले बस चालक महोत्तरीका प्रेमकुमार अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post