धरानबाट भर्खरै आयाे यस्ताे दु:खद घटना !

धरानबाट भर्खरै आयाे यस्ताे दु:खद घटना !
धरान उपमहानगरपालिका वडा नम्बर २० काे मतगणनास्थलमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले ना`राबा`जी गरेका छन् ।

वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले वि`रोध जनाएको हाे ।माओवादी कार्यकर्ताहरूले मतदान अधिकृतको विरोध गर्दै मतगणना स्थल पब्लिक स्कुलमा तो`ड`फो`ड गरेका छन् । मतदान अधिकृतको हस्ताक्षर नभएकाे मतपत्र सदर गर्नुपर्ने उनीहरूकाे माग छ । अहिले पनि उनीहरूले ना`रा`बा`जी गरिरहेका छन् ।

माओवादी केन्द्रका धरान सह-इन्चार्ज सुदर्शन श्रेष्ठले निर्वाचनमा खटिएका कर्मचारीले चरम लाप`रबाही गरेकाले आ`न्दो`लन गर्नुपरेको बताउनुभयो । हस्ताक्षर नगरिएका मतपत्र सदर नगरेको अवस्थामा धरान-२० मा पुनः मतदान गर्नुपर्ने उहाँकाे भनाइ छ । नाराबाजी र मतगणनास्थल तोडफोडसँगै धरानको मतगणना स्थगित भएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post