उदयपुरमा घट्यो फेरी अर्को घटना, गहना लुटपाटपछि महिलाको यसरी गरियो ह’त्या

उदयपुरको त्रियुगा नगरपालिका १३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको ह त्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लु’ट’पाट गरेर उनको गयराति ह’त्या।

भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा ह’त्या गरी छाडेको पाइएको श्रीमान बच्चुलाल चौधरीले बताए ।घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा ह’त्या ग’रेको हुन सक्ने बताइएको छ ।

श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् ।

घटना स्थलमा मृतकले लगाएको नाक, कानको गहना लु’टपा’टको अवस्थामा फेला पारेको थियो । मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post