
श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा छन् । रामेछाप मन्थली नगरपालिकाकी ९ घर भई लुभुमा बस्दै आएकी बिमली दुई छोरासंग थिइन् ।उनको जेठो छोरा ५ वर्षका थिए भने दुई वर्षका छोरालाई यहि वैशाखमा विद्यालय भर्ना गर्ने योजना थियो ।
तर त्यो योजना अब कहिल्यै पुरा हुन नपाउने भयो । उनका दुई वर्षका छोरा आर्यनलाई कारले ठक्कर दिएर निधन भयो ।
छोराको नधिन भएको खबर थाहा पाएर कतार रहेका वीरेन्द्र पुरी बिहीबार मध्यरातमा काठमाडौं पुग्दैछन्। महालक्ष्मी नगरपालिका(८ लुभुमा २ वर्षीय छोरा आर्यनलाई कारले ठक्कर दिँदा बुधबार साँझ निधन भएको हो । छोराको दुर्घटना पछि बेहोस भएकी आमा बिमली दुइ दिन देखि बेहोस छन् । उनको अझै होस आएको छैन । उनीहरू लुभुको सेराफाँटमा डेढ वर्षदेखि टहरामा बस्दै आएका छन्।
बुधबार साँझ विमला आफ्ना ५ वर्षीय जेठा छोरालाई विद्यालयबाट लिएर घर फर्किएकी थिइन्। फर्किसकेपछि आफ्ना दुबै छोरालाई लिएर नजिकै चिया पसल सञ्चालन गर्दै आएकी दिदी देवकी पुरीको घर पुगेकी थिइन् । त्यही बेलामा उनको छोरालाई कारले ठक्कर दिएको थियो ।
सुरुमा कारले छोएको मात्र भएपनि पछि चक्कले पेलेर गएको दिदी देवकीले बताइन् । आर्यनलाई बा १६ च ३६८७ नम्बरको गाडीले ठक्कर दिएको हो। चालक लामाटार बस्ने ४१ वर्षीय सुजनराज शर्मा हुन्। उनी नेपाली सेनाका पूर्वजमदार समेत रहेको खुलेको छ । दुर्घटना भएपछि चालक शर्मा आफैंले आमा(छोरालाई गाडीमा हालेर इमाडोलस्थित किष्ट अस्पताल पुर्याएका थिए।
अस्पतालले आर्यनलाई सवा ६ बजे मृत घोषणा गरेको थियो । चालकले मापसे गरी सवारी साधन चलाउँदा दुर्घटना भएको आरोप लगाएका छन्। तर प्रहरीले भने उनले मापसे नगरेको बताएको छ। अहिले आर्यनको शव भने पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ।