भोट माग्न हिडेका एमालेका नेता दिउसै जाँड खाएर बाटोमा यस्तो अवस्थामा फेला परे पछि....

काठमाडौ। बैतडी सिगास गापा वडा -१ का एमालेबाट चुनाब जितेका वडाअध्यक्ष गगनसिंह धामी। यी नेता यसरी दिउसै मापसे गरी बाटोमा नै सुतेका भेटिन्छन्।

जनताको सेवा गर्नको लागि राजनीति गर्ने र सेवा मार्फत आफ्नो शक्ती आर्जन गर्न तम्सिने राजनीतिज्ञ आज भोली दिउसै जाड खाएर बाटोमा लड्ने गरेको पाईएको छ।

अहिले सामजिक सन्जालमा भाइरल बनेको तस्बिर एमालेबाट निर्बाचित वडा अध्यक्ष गगनसिंह धामी को हो उनि दिनहु यसरी नै भेट्टिने गरेको स्रोतले बतायो।

यो अर्को थप समाचार पनि पढनुहोस: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो। नेपाल खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ। सो समूहले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ। नेपाल खनाल पक्षले ओली पक्ष नवौँ महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ।

लोकतान्त्रिक अभ्यासका क्रममा नवौँ महाधिवेशनमा पुग्दा हामीले अलग–अलग प्यानल बनाएर केन्द्रीय कमिटी निर्वाचन गर्यौँ। महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरुको नेतृत्व नेपालले गरेको र अर्को पक्षबाट नेतृत्व गरेका ओलीले अध्यक्षमा जिते पनि सैद्धान्तिक नेता नेपाल भएकाले अब देशभर शक्ति सञ्चयमा लागिएको हो, ’नेपाल पक्षका केन्द्रीय सदस्य ले भने। उनका अनुसार देशभर नै वडा तहसम्म संगठन निर्माण कार्य भइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post