
कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते छन् । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होला ***
गए राति करिब सवा ९ बजे सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से४प ४७३० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका १११ नम्बरका मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ३० वर्षीय पुरनकुमार मडै र अर्का मोटरसाइकल चालक कञ्चनपुरकै कृष्णपुर नगरपालिका–५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गए राति सवा १० बजे मृत्यु भएको जनाइएको छ ।
घाइते भएका दुवै मोटरसाइकलमा पछाडि सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होला ***