यिनै हुन् कविताका ह'त्यारा यसरी ह'त्या गरेको थिए भनेर यस्तो बयान दिए ! हेर्नुहोस

उदयपुरको बेलका नगरपालिका–३ डंगटोलस्थित बुद्धचौककी १६ वर्षिया बालिका कविता सुनवार हlत्यामा वियरको बोतल र ढुंगा प्रहाlर भएको पाइएको छ।

व्यक्तिगत रिसिवीका कारण कवितालाई सोही ठाउँकी १७ वर्षिया सरिता ढकालले योजना बनाएर दाजु छिमेकी मुलुक भारतको सिक्किम राज्य बियुङ घर भई हाल बेलका नगरपालिका-३ मा बस्दै आएका १९ वर्षिय बिनोद ढकालको साथ लिएर हlत्या गरेको प्रारम्भिक वयानबाट खुलेको हो ।

घlटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय परिषरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आरोlपित सार्वजानिक गर्दै एसपी सुवासचन्द्र बोहोराले घटlनाको प्रकृति र बयान हेर्दा झण्डै १० दिनअघि कवितालाई हlत्या गर्ने योजना रहेको बताए।

कवितालाई बियरको बोतल र ढुंगा प्रlहार गरी हlत्या गरेको उनीहरुल स्वीकार गरेको उनले बताए। एसपी बोहोराले भने, ‘घlटनाको जानकारी पाएको ४/५ घण्टा बित्न नपाउँदै आlरोपित पlक्राउ गर्न प्रहरी सफल भएको छ, यसपछि बाँकी अनुसlन्धानका प्रकृयालाई फराकिलो बनाउँछौ।’

उनले भने,‘पlक्राउ परेकी बालिकाले पहिलो पटक बिहान ४:५ बजे टियुसन पढ्न सँगै जानुपर्छ भन्दै मोबाईलमा म्यासेज पठाएका छन्। त्यसपछि ४:३१ मा अन्तिमपटक म्यासेज गरेको देखिन्छ,’ उनले भने, ‘दुबै म्यासेजको अनुसlन्धानगर्दा करिब ५ बजे हlत्या भएको हुनुपर्दछ।’

‘बयानमा मृतक कविताले पक्राlउ परेकी बालिकालाई सानो कुरामा होच्याउने, चिढ्याउने गरी आघात पुर्याउने गरेकाले त्यहीँ कुरामा रिसिवी राखी हlत्या भएको देखिन्छ’ एसपी बोहोराले भने। मंगलबार बिहान मृत अवस्थामा फेलापरेकी कविता बिहान ४:५ बजे घरबाट ट्युसन पढ्न एक्लै गएकि थिईन्।

साथीको म्यासेजपछि पढ्नसँगै गएको हुन सक्ने प्रहरीको अनुमान छ। कवितालाई अगाडि लगाई पछ्याउँदै गएका उनीहरुले एकान्त ठाउँ यशोदा खोला (जहाँ बाँसघारीसमेत रहेको छ) रोजेको हुन सक्ने प्रहरीको अनुमान छ। एसपी बोहाराले भने, ‘यशोदा खोला पुगेपछि बिनोदले लुकाएर लगेको बियरको बोतल झिकी कविताको टाउकोमा पछाडीबाट प्रlहार गरेको देखिन्छ।’

टाउकोमा हान्ना साथ कविता ढलेपछि अरुले थाहा पाउने डरले आरोपितहरुले ढुंगाले किच्याएर हlत्या गरेको र करिब ४ सय मिटर पर घिसार्दै लगेर खोला छेउमा रहेको काठको गोलिया छेउमा शव राखेको अनुसन्धानका क्रममा खुलेको उनले बताए। बोतल प्रlहार गर्दा सिसा उछिटिएर विनोदलाईसमेत चोlटपटक लागेको छ। कविता भुईमा ढलेपछि घुडाँले थिच्नेक्रममा सिसाले विनोदको घुँडामा थुप्रै चोlट लागेको देखिएको छ।

प्रारम्भिक बयानबाट घटlना उनीहरुबाटै भएको भन्दै मृतकका बुवा कृष्णबहादुर सुनवारले आरोपिlतद्धयविरुlद्ध मंगलबार ५ बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा किlटानी जाहेरी दिएको एसपी बोहोराले बताए। जाहेरीसँगै प्रहरीले शव पोष्टमार्टमका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका उनीहरुलाई प्रहरीले बुधबार जिल्ला अदालतबाट बालिकाको हकमा ५ दिन र विनोदको हकमा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post