काठमाडौको क्याम्पसमा पढ्ने २७ वर्षकी युवती जंगलमा मृत फेला, घटनास्थलमा भेटिए यस्ता चिज

काठमाडौको चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक युवती जंगलमा मृत फेला परेकी छन् । प्रहरीले उनको नाम नीला राई बताएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले का टे को डोब देखिएको छ ।

निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनि काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् ।

घटनास्थलमा ब्लेड र वि ष को बट्टा भेटिएको छ । रुखहरूमा पनि र ग त लतपतिएको छ । घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post