दुखद खबर : मान्छेहरुमा किन मनबता हराएको होला,यो खबरले धेरैलाई रुवायो..

सर्लाहीमा फेरी अर्को घटना भएको छ । एक १० वर्षका बालक ५ दिन देखि हराइरहेका थिए ।उनको शव छिमेकीको सेफ्टी ट्याकंकीमा फेला परेको छ ।सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका १० वर्षका बालकको शव फेला परेको हो ।

मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

छोरा हराएपछि परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए । खोजी गर्दै जाँदा उनको शव छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो । आइतबार गाउँमा न्वारनको भोज खान गएका मिठु घर फर्किएका थिएनन् । त्यसपछि परिवारले प्रहरीमा खबर गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई पक्राउ गरेको थियो । बयानमा जगदीशले आफुल घटना गराएको स्वीकार गरेका हुन् । प्रहरीले मिठुको शव बरामद गरेर प्रादेशिक अस्पताल मलंगवा ल्याएको छ । जिल्ला प्रहरी कार्यालयले दोषी पक्राउ गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post