दुखद खबर : धादिङमा बस दुर्घटना हुँदा १५ जना गम्भीर घाइते,अस्पताल पुर्याइयो..

धादिङकाे थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज यात्रुवाहक बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् ।काठमाण्डौबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ७४ नम्बरको ग्रामीण यातायातको बस सडकमा पल्टिएकाे हाे ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाण्डौकाे ट्रमा सेन्टरमा पठाइएकाे छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post