कठै ! ट्रकले ठ क्कर दिएर कलिलो युवा केटाको ज्यान गयो,घ टना स्थल पुग्दा यस्तो देखियो (भिडियो हेर्नुस्)

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्य भएको छ। पुर्व पश्चिम राजमार्गस्थित जिल्लाको लम्कीचुहा नगरपालिका-१० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार (आज) बिहान सात बजे लु-१-ख ८९३० नम्बरको ट्रकले सुप-०१००९-प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकलमा सवार २८ वर्षीय टेकबहादुर रावल घाइते भएका थिए।

लम्कीचुहाकै स्थानीय रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। यस्तै ट्रक र चालक ३१ वर्षीय बुद्दीराम सुनार प्रहरी नियन्त्रणमा रहेको उनले बताए।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post