२५ वर्षीया महिलाले के गरिन यस्तो ? ६४ वर्षका बृद्धपनि बर्बाद भए

प्रहरीले बालबालिकाको मुन्द्रा चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल पोखरा १०, रामबजार बस्ने २५ वर्षीय अम्बिका पुलामी मगर छिन् ।

उनी सोही मुद्दामा दोस्रो पटक पक्राउ परेकी हुन् ।पुलामीले पोखरा-१, सिमपानीका ९ वर्षीय सञ्जिता तामाङ र सोही ठाउँकै ९ वर्षीय रेजल तामाङको कानमा लगाएको मुन्द्रा चोरेको प्रहरीले जनाएको छ ।

पोखरा १, टुँडिखेलस्थित राष्ट्रिय माविको गेट अगाडि बस्ने र साना बालबालिका बाहिरिएपछि पछ्याउँदै कानको मुन्द्रा चोरी गरेको पाइयो,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने ।

पुलामीले बालबालिकाको मुन्द्रा चोरी गरी पोखरा पोखरा १७ स्थित रोयल पञ्चासे सुनचाँदी पसललाई ५ हजार ९ सय रुपैयाँमा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । पञ्चासेले पुनः सोही मुन्द्रा ७ हजार ९ सय रुपैयाँमा पोखरा १७ स्थित नितिशा ज्वेलर्सलाई बिक्री गरेको डिएसपी तिवारीले जानकारी दिए ।

बिना कागजातको सुनचाँदी खरिद बिक्री गरेको आरोपमा रोयल पञ्चासे सुनचाँदीका सञ्चालक ६४ वर्षीय थमनसिंह विश्वकर्मा र नितिशा ज्वेलर्सका सञ्चालक पोखरा २१, निर्मलपोखरीका २७ वर्षीय नितेश विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुलामी यसअघि पनि सोही कसुरमा पक्राउ परिसकेकी छन् । करिब ४ महिनाअघि पोखरामा साना बालबालिकाको गरगहना चोरीको आरोपमा उनी पक्राउ परेकी थिइन् । साना बालबालिकालाई सुरुमा ललाइफकाई गर्ने र त्यसपछि पनि नमाने डरधम्की देखाएरै भए पनि गरगहना चोरी गरेको आरोपमा मंसिर ७ गते पक्राउ गरेको थियो ।

पछि मगर पुस ५ गते जिल्ला अदालत, कास्कीबाट १ लाख रुपैयाँ धरौटी तिरेर छुटेकी थिइन् । ‘पुलामी धरौटीमा छुटेर पनि फेरि सोही प्रकृतिको अपराधमा संलग्न भएको पाइयो,’ डिएसपी तिवारीले भने । प्रहरीले चोरी डाँकासम्बन्धी कसूरमा ६ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post