ललितपुरबाट अचम्मका युवक पक्राउ ! अगाडी होटलमा बसेर.

यातायात व्यवस्था कार्यालयको ढड्डा र छाप विचौलियाको झोलामा फेला परेको छ।यतायात कार्यालयको दर्ता किताब र कार्यालयको छापसहित आइतबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२३ घर भएका ३२ वर्षीय मनोज बाँस्तोला रहेका छन्।बास्तोलाकाे साथबाट यातायात व्यवस्था कार्यालय बागमतीको एकान्तकुना स्थित सानाठूला सवारीको दर्ता किताब र कार्यालयको छाप प्रहरीले बरामद गरेको छ।

गएको कात्तिक २८ मा बास्तोलाले बा.१२ च ४४९९ नम्बरको हुण्डाई कम्पनीको ग्राण्ड आईटेन कार कुसुन्तीस्थित यातायात कार्यालय अगाडीको होटलमा बसेर शेर सिंह थापालाई पास गरिदिएका थिए। तर, गाडीको ब्लु बुक दिए पनि उनले ब्लु बुकमा उल्लेखित गाडी नदिएपछि उनले ललितपुर प्रहरीमा उजुरी गरेका प्रहरीले जनाएको छ।

बाँस्तोलाको साथमा ‘यातायात व्यवस्था कार्यालय बागमती’ लेखिएको सवारी दर्ता रजिष्टर फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले बतायो। विचौलियालाई दर्ता किताब दिने यातायातका कर्मचारीबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

आरोपी विरुद्ध ठगी मुद्दामा जिल्ला अदालत ललितपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। ठगीसँगै उनलाई सरकारी छाप दस्तखत किर्तेमा पनि अनुसन्धान गरिने परिसरले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post