काठमाडौंको दरबारमार्गबाट एक युवा पक्राउ गरे यस्तो गर्नै नहुने काम..

अर्कैको जग्गा बैना गरेर ठगी गर्ने एक जना पक्राउ परेका छन्। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ४ बस्ने ललितपुर महानगरपालिका ३ का ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका ३२ बस्ने मोरङ बेलबारीकी ४० वर्षीया महिलालाई चार आना जग्गा बेच्ने भन्दै उनले बैनाबापत ४५ लाख ५० हजार रुपैयाँ लिएका थिए।घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुरको दुवाकोटको जग्गा २१ लाख रुपैयाँका दरले ४ आना जग्गा बैना गरेका थिए।

जग्गा पास गरीदिने भनि विश्वास दिलाएका उनी बैना रकम लिएपछि सम्पर्कविहीन भएको पीडितले प्रहरीलाई बताएकी छन्। महानगरीय अपराध महाशाखाले घिमिरेले ठगी गरेको खुल्न आएपछि पक्राउ गरेको एसएसपी वसन्त कुँवरले बताए।उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post