बाख्रा चराउन गएकी ९ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने सन्तोष पक्राउ

काठमाडौं :- बाख्रा चराउन गएकी एक नाबालिकालाई जर्वजस्ती करणी गरी हत्या गर्ने दुई जना पक्राउ परेका छन् । ९ वर्षीय बालिकालाई जर्वजस्ती करणी गर्ने बारा आदर्शकोतवाल गाउँपालिका वडा नं. ८ टोल कोतवालीका २० वर्षीय सन्तोष साह कानु र हत्यामा।

सहयोग गर्ने उनकी आमा शान्तिदेवी कानुलाई प्रहरीले पक्राउ गरेका हो ।पुस २५ गते दिउँसोको घरबाट बाख्रा लिई चराउन गएकी जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका वडा नं. ७ कोतवाली टोल बस्ने मोतिलाल साह कानुको छोरी रुपमाला कुमारी साह हराई बेपत्ता भएकी र पुस २७ गते मृत 

अवस्थामा फेला परेपछि प्रहरीको अनुसन्धानबाट सन्तोष साह कानुले जर्वजस्ती करणी गरेको तथा करणीपछि घाटी थिची हत्या गरेको र हत्या हुँदा उनकी आमा शान्ति देवीले प्रमाण नष्ट गर्न सहयोग गरेको देखिएको थियो ।

Post a Comment

Previous Post Next Post