एक महिलाले पहिलो लोग्नेलाई लेखेको मनछुने अन्तिम पत्र (पढ्नुहोस)

खै के भनेर सम्बोधन गरौं? मलाई नै थाहा छैन। मैले धेरै सोचेर तिम्रो नाममा यो अन्तिम पत्र लेख्दै छु। मलाई आशा छ, तिमीले यो पत्र पाउनेछौं।

तिमी र तिम्रो समाजको अगाडि त म च’रित्रहीन महिलाको रुपमा चिनिएकी छु होला सायद। तर, मेरो बाध्यता र मजवुरीलाई कसैले सायदै बुझ्ने कोशिश गर्ला। म आज यो पत्रमार्फत केही कुरा सुनाउँदैछु ।तिमीसँग मेरो पहिलो भेट मेरै माइती घरमा मेरो हात माग्न आको दिन भाको थियो। कक्षा ८ मा पढ्दा पढ्दै विहेपछि नि पढाउने कुरा सुनेर मेरो बाआमाले सहमति जनाएका थिए।

 मलाई त्यसवेला तिमीसँग पटक्कै विहे गर्न मन थिएन। तर, के गर्नु १७ वर्ष भैसकेको पिर मेरो बा आमालाई निक्कै थियो। नभन्दै त्यसको महिना दिनमै म बेहुली भएर तिम्रो घरको आँगनमा मैले पहिलो पटक पाइला टेकेकी थिए।

राम्रोसँग वोलचाल समेत नभएको व्यक्तिसँग एउटै ओछ्यानमा रात विताउनु पर्दा म निक्कै डराएकी थिए। तिमी मभन्दा करिव ५ वर्ष जेठो भएपनि निक्कै मोटो थियौ। कतारवाट फर्केको लाहुरे न थियौं आखिर। मलाई विहान उठ्दा धेरै नै गाह्रो भएको थियो। नढाटी भन्नु पर्दा मलाई रातभर तिमीले राम्रोसँग निदाउनै दिएका थिएनौं। खासै वोलचाल नभएपनि म तिम्रो अंगालोमा निक्कै कस्सिएकी थिए।

कोल्टे फेर्छु भन्ने आँट समेत थिएन मसँग। नयाँ ठाउँ, नयाँ मान्छे र नयाँ नाता जोडिएको थियो मसँग। नयाँ बुहारी यसो गर उसो गर भनेर तिम्री आमाले मलाई सिकाको सिकाइ थिइन्। म भित्रिएको हप्ता दिनदेखि नै किन हो तिम्री आमाको व्य’वहार बदलिएको थियो। कहिले यो भएन त कहिले त्यो भएन भन्दै मुख विगार्नुको कारण त मैले माइतीवाट दाइजो नल्याउनु पो रैछ अलिपछि थाहा पाए।गरिव माइती अलिअलि भएको सम्पति नि दिदीहरुको विहेमै सकिएको थियो।

मैले तिम्रो मुख पनि राम्रोसँग देख्न पाइनँ। तिमी विहान ८ वजे उठ्दा म मेला पुगि सकेकी हुन्थे, घर फर्किदा तिमी गाउँ डुल्न हिडिसकेका हुन्थ्यौं। बेलुकाको खाना खाने समयमा झुलुक्क अनुहार देखिन्थो तिम्रो। म जुठा भाडा गरेर कोठा पुग्दा कहिले त निदाइसकेका हुन्थेउ तिमी।

यसरी नै तिमीलाई कति खेर यौ न इच्छा लाग्यो जागेर कोट्याउन थाल्थेउ म भने तिम्रो लागि सदावहार तयार हुनुपर्थो त्यहाँ मेरो भावनाको कुनै सुनुवाइ हुने ठाउँ नै थिएन। मैले वारम्वार अब पढ्न जान्छु भनेर भन्दा यो भन्दा पढेर के गर्नु। मेरो छुट्टी सकिन लाग्यो म विदेश गएर धेरै पैसा ल्याउँछु। तिमीलाई पनि पसल खोलिदिउँला भन्दै फकाएका थियौ।

मलाई त पूर्ण विश्वास थियो। तिमीले मलाई धोका दिन सक्दैनौ भनेर। विहे गरेको ६ महिनामै तिमी कतार जाँदा जत्ति मिठो सपना साँचेकी थिए त्यो त केवल वालुवाको महल भएछ आखिर।विदेश गएको केही समय त तिमीले नि फोन स’म्पर्क गरेर आँशु झार्दा सम्झाउने गरेका थियौ। तिमी विदेश गएपछि मैले घरमा पाएको दुखको भकारी तिमीलाई यो पत्रवाट बुझाउन सायद सक्दिन होला।

घरमा तिम्रो आमाको मन मैले कहिल्यै वुझाउन सकिन खै किन हो मलाई देख्ने वित्तिकै उहाँको मुखमा आक्रोशको बाढी उर्लेर आको जस्तो लाग्थो मलाई। जव तिमी विदेश गएको २ वर्षमा अव छिट्टै घर आउँछु होला भनेको भोलि पल्टदेखि सम्पर्क ‘विहीन भयौ तब मेरो जीवन कथाले फरक धार लियो। हुन त तिमी स’म्पर्कमा भए पनि तिमीले मलाई आर्थिक सहयोग गरेका थिएनौं।जति खर्च पठाए पनि आमाले मलाई लुगा धुने सावुन किन्ने वाहेक कुनै रुपैयाँ दे’को हैन।

बजारमा साथीहरुसँग भेट हुँदा ‘विदेशी स्वास्नी कति लोभ गर्छेस्, कति एउटै कुर्ता लगाको यसपालि त बजारमा यस्तो फेसन आको छ भन्थे यस्तो फोन आको छ भन्दै’ उल्लीविल्ली पार्दा उनीहरुलाई दिने कुनै जवाफ थिएन मसँग।

दशैमा एक जोर लुगा पाउने भाग पनि तिमी स’म्पर्कमा नआएदेखि खोसिएको थियो मेरो। आमाले वारम्वार तेरो लाग्नेले पैसा पठाए पो किनिदिनु भन्दै झर्किन थालेपछि मैले कहिल्यै कुनै आश नै राखिन उहाँसँग। हुँदाहुँदा तिमी स’म्पर्कमा नआएको नि दुई वर्ष वितिसकेको थियो। गाउँघरमा कहिले आउँछ तिम्रो श्रीमान भन्दै सोध्नेको संख्या वाक्लिदै थियो।

Post a Comment

Previous Post Next Post