टिकटकमा केटि बनेर हसाउने यो टिमको यस्तो रहेको छ वास्तविक कथा (भिडियो हेर्नुस्)

पछिल्लो समय सामाजिक संजाल टिकट सबैको लागी लोक प्रिय् भन्दै गएको छ । मानिसहरु आफू सँग भएको कला टिकटकमा प्रस्तुत गर्ने गरेको पाइन्छ ।

लुकेर बसेका प्रतिभाहरु सबै सामु ल्याएर धेरै मान्छेहरू भाइरल भएका छ्न । यस्तै तनहुँ जिल्लाको आबुखैरेनी घर भएका अनिल सुनुवार, अञ्जन क्षेत्री र विनोद बि क को टिम पछिल्लो समय सामाजिक सामाजिक संजाल टिकटकमा निकै भाइरल भएका छ्न । विभिन्न समासामायिक विषय वस्तुलाई आफ्नो कला मार्फत उनिहरुले प्रस्तुत गर्ने गरेका छन ।

आफुहरुले भाइरल हुनको लागी भन्दा पनि मनोरञ्जनको लागि यसरी टिकटक बनाएको उनिहरुले बताए । तर आफुहरुले त्यसरी बनाएको टिकट सबैले मन पराएको उनिहरु बताउँछन । उनिहरुको समुहमा अनिलले श्रीमानको रोल गर्छन् भने अन्जानले श्रीमतिको र विनोदले छोराको रोल खेल्ने गरेको उनीहरुको बताएका छन् ।

टिकट भिडियो बनाउनको लागि छिमेकीको घर जहाँ कोहि नबसेकोले आफुले त्यही बनाउने गरेको अनिलले बताएका छन् । जुन घरलाई भाइरल घर पनि भनेर अहिले मानिसहरुले चिन्ने गरेको बिनोद बताउँछन ।

आफैले मनोरञ्जनका लागि भिडियो बनाउँदा बनाउँदै सबैले मन पराएर भाइरल भएको उनले बताए । धेरै टिकटमा राम्रो प्रतिक्रिया दर्शकहरुले दिने गरेकोले आफुहरुलाई अझ भिडियो बनाउन हौसला मिलेको उनिहरु बताउँछन ।

अहिले भाइरल घरलाई खोज्दै धेरै मान्छेहरू आउने गरेको अनिल बताउँछन । सबै यति धेरै माया गरेर साथ सहयोग गर्दा खुसी लाग्ने गरेको अनिलको भनाई छ । सबै लाई खुशी बनाएर हँसाउनको लागि आफुले केटि बनेर अभिनय गरेको अन्जानको भनाइ छ ।

कति मान्छेहरु आफ्ना पिडाहरु हुन्छ त्यसलाई एकै छिन भएनी मनोरञ्जन लिएर बिर्सिन सकिन्छ भनेर आफुहरुले यसरी भिडियो बनसुने गरेको उनिहरु बताउँछन । यो दशै तिहारमा मेरो आमालाई कान्छी बुहारी भने गित बाट भिडियो बनाउन सुरु गरेको अन्जानले बताएका छन । त्यो गितमा त्यस्तै पात्र बनेर अभिनय गर्नु पर्ने भएकोले सबैले आफ्नो आफ्नो पात्रको भुमिका निभाउने गरेको अन्जानको भनाइ छ ।सबै के गर्ने कसरी गर्ने सबै कुराको निर्णय अनिलले लिने गरेको अन्जानको भनाइ छ ।

म यहाँ सम्म आउनको लागि अनिल दाइ र अन्जानको ठुलो भुमिका भएको विनोद बताउँछन ।अनिलले सुरुमा एक्लै टिकट बनाउने गरेको बताएका छन् । पछि दाइले नि मिलेर बनाउने भने पछि आफुहौले सगै बनाउन थालेको अनिलले बताएका छन । पहिले देखी आफुलाई कमेडी गर्न मन पर्ने भएकोले यस्तै भिडियो बनाएको अनिलको भनाइ छ् ।

बै खाले टिकट बनाउन मन पर्ने अन्जानको भनाइ छ । फिल्म खेल्ने आफुहरुको ठुलो रहर भएको उनिहरु बताउँछन । यदि कसैले अवसर दिए खेल्ने उनिहरु बताउँछन ।

भिडियो हेर्नूस :-

Post a Comment

Previous Post Next Post