परिवारलाई सुख दिन्छु भन्दै मलेसिया पुगेका हेम राजले मलेसियामै प्राण त्याग्नु पर्यो

परिवारमा बिचल्ली, को हुन उनी हेर्नुस।कोरोनाले विश्व भरिनै विपत्ति ल्याएको छ ।लाखौं ले ज्यान गुमाएका छन् भने लाखौंका परिवारहरू बिचल्ली मा परेका छन्।त्यहि कोरोनाको कारण धन कमाउन मलेशिया गएका एक नेपालीको समेत ज्यान लिएको छ ।

मलेसियाको पुत्राजयामा सुरक्षागार्डको काम गर्दै आएका भोजपुर हतुवागडी का हेम राज राई को कोभिडका कारण हिजो मृत्यु भएको छ । उनी पनि केही दिन बाट होम क्वारेन्टाइन बसिरहेका थिए।

त्यस्तै वैदेशिक रोजगारीको निम्ति बिगत दुई बर्ष देखि मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत एक नेपाली कामदारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।नेपाल ठेगाना कपिलवस्तु जिल्ला घर भई मलेसियाको क्वालालम्पुरमा अवस्थित जेके सेक्युरिटि सर्भिस नामक कम्पनीमा सुरक्षागार्डमा कार्यरत ४३ बर्षिय नेपाली कामदार मनिकुमार चन्द बोहोराको कोरोना भाइरसको संक्रमणले हिजो बिहिवार मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली हरुले जानकारी गराउनु भएको हो।

यहीँ महिना मनिकुमारमा कोरोना लक्षण पोजेटिभ देखिएपछि उनी कम्पनीले बस्न दिइएको होस्टलमै होम क्वारेन्टाईनमा रहेका थिए ।होस्टलमै उनको अवस्था विग्रन थालेपछि कम्पनीले एम्वुलेन्स वोलाएर अस्पतालमा लैजाने ब्यवस्था मिलाउदा मिलाउदै उनको मृत्यु भएको जनाइएको छ। हाल वोहोराको शवलाई पोष्टमार्टमको लागि सलायाङ अस्पतालमा राखिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post