काठमाडौको पेप्सिकोलामा बस्दै आएका रौतहटका पारस चौलागाईं । जो शारिरक रुपमा अपांग छन् ।उनी विलचेयरको साथमा मात्रै हिड्न सक्छन् र उनका हात निष्क्रिय छन्, साथै बोलिमा पनि प्रष्टता छैन ।उनी उमेरको हिसाबमा ३०-३५ को हाराहारिमा देखिन्छन् ।
उनको जीवन त्यसैपनि संघर्षसिल छ त्यहि माथि ठगिनुले उनिलाई हदैसम्मको पीडा दिएको छ ।उनी सानो हुदा दुई दाजुबहिनी चल्दै गर्दा आ गोले खरिएको चुलो फुक्ने ढुङ्ग्रिले दाईले बहिनिलाई हान्दा बहिनिलाई नलागेर आफुलाई लागेको र पेटदेखि तिघ्रासम्मको भागबाट मासु नै अलगिएको उनि बताउँछन् । त्यश पश्चात् त्यहाको डाक्टरसग जचाउन भन्दै उपचारका निम्ति जादैगर्दा र क्सिले माते का ती डाक्टरले एउटै नशाबाट दुईवटा सुइ त्यो पनि ड्यामेज बिग्रिसकेको सुइ हानिसकेपछि आफ्नो यस्तो दयनिय अवस्था भएको उनी बताउँछन ।
बाल्यकालमा लागेको चो टको सिकार उनी अहिलेसम्म पनि भैरहेका छन । पछिल्लो समय सामाजिक संजालबाट आफ्नो उपचारका निम्ति केही पैसा मनकारि मनहुनेले सहयोग गरेका थिए । तर त्यहि सहयोग गर्न भन्दै नजिकिएका समाजसेविको नाममा कलंकहरुले त्यो जम्मा गरेको सबै पैसा लिएर फरार भएका छन्,भारतिय युवती भएको उनले बताए । अपांग त्यहि माथि सहयोग गर्नुपर्नेमा उल्टै अपांगकै यसरी पैसा लगेर सम्पर्कबिहिन भैदिनुले आफुले बिश्वास गरेर ठूलो गल्ति गरेको र अरुको दुख आफुले देख्नै नसक्ने र भावनात्मक रुपमा कमजोर हुनुनै आफ्नो कमजोरि भएको उनी बताउँछन् ।
हेर्नुस् भिडियो सामाग्री