कठै !बच्चा जन्माएर आमाले गाडी भित्रै छोडेर हिडेपछी यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

कास्की जिल्लाको गण्डकी अस्पतालको पार्किङ क्षेत्रमा अस्पतालकै एउटा थोत्रो बस राखिएको छ । सुत्केरी भवन बन्दै गरेको ठाउँ नजिकै रहेको उक्त थोत्रो बस भित्र एक महिलाले बच्चा जन्माएर फरार भएकी छिन ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पार्किङ क्षेत्रमा बेवारिसे अवस्थामा रहेको उक्त बच्चालाई अस्पताल आएकी बिष्णु तामाङले उद्दार गरेकि छिन । अहिले उक्त बच्चाको सोही अस्पतालको भेण्टिलेटरमा उपचार भै रहेको बिष्णुले बताएकी छिन ।बिहान करिव ९ बजे तिर एक ब्याक्ती उक्त स्थान तिर शौच गर्न गएको बेला बिरालोको बच्चा कराए जस्तो आवाज सुने पछि बस तिर हेर्दा र’गत निकै देखे ।

यति धेरै र’गत बिरालोले बच्चा पाउँदा नहुने भन्दै उनी बस भित्र गएर हेर्दा मान्छे कै बाच्चा त्यो पनि सालनाल सहित भेटिएको थियो । बच्चा त्यसरी सालनाल सहित भेटिए पछि ती ब्याक्तिले अर्कि एक महिला बिष्णु तामाङलाई बोलाए । बिष्णु तमाङ र ती ब्याक्ती भएको उक्त बच्चालाई समयमै अस्पताल पुर्याए पछि अहिले भेण्टिलेटर मै भए पनि बच्चाको स्थित सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पताल भित्रै आएर बच्चा जन्माएर हिड्ने ती महिलाको अहिलेसम्म पहिचान भएको छैन । ९ बजे तिर भेटिएको उक्त बच्चा जन्मिएको स्थानमा रग’त केही जमेको भेटिएको थियो । त्यसैले अन्दाजी करिव ७/८ बजे तिर उक्त बच्चा जन्मिएको हुन सक्ने बिष्णुको अनुमान छ । आफुहरुले चिसोमा बच्चालाई केही भै हाल्छ कि भनेर पहिले बच्चालाई अस्पताल पुर्याउन तिर ध्यान दिएकोले ती बच्चा जन्माउने आमा त्यतै कतै भएको छ छैन भन्ने कुराको खोजी नगरेको बिष्णुले बताईन ।

झट्ट बाहिरबाट हेर्दा बस भित्र नदेखिने भएको र उक्त पुरानो गाडी पार्क गरिएको स्थान तिर त्यति मानिसहरुको आवातजावत पनि नहुने भएकोले ती महिला उक्त स्थानमा सुत्केरी ब्याथाले च्यापे पछि नै आएको अनुमान गरिएको छ । उक्त बच्चा छोरा भएको पनि बिष्णुले बताईन । बच्चा जन्माएर हिडेकी ती महिलाको अझै पनि ब्लि’डिङ भै रहेको हुन सक्ने भन्दै बिष्णुले त्यसरी हिड्दा आमा कै ज्या’न पनि खत’रामा रहने भन्दै जो कोहि भए पनि आफ्नो स्वास्थको ख्याल राख्नु पर्ने बताईन ।

यसरी बेवारिसे अवस्थामा बच्चा जन्माएर छोडेको हेर्दा उक्त बच्चा कुनै अनैतिक सम्बन्धबाट रहन गएको हो कि भन्ने अनुमान गरिएको छ । कतिपय सडकमा रहदै आएका बेवारिसे महिलाहरुबाट पनि यस्ता घटना बेला बेला हुने गरेको भेटिएकोले यो घटना पनि यस्तै हुन सक्ने अनुमान उक्त घटना देख्नेहरुले बताएका छन ।

तर पनि अहिले अस्पतालले गोपनियताको हक दिदै सुत्केरी गराउने र बच्चाको पनि ब्यावस्थापन गर्ने गर्दछ । त्यसैले यसरी बेवारिसे अवस्थामा बच्चा जन्माएर बच्चा र आमाको ज्यान नै जोखिममा राख्नु भन्दा अस्पतालमा गोपनियताको अधिकार प्रयोग गरि बच्चा जन्माउनु नै उचित हुन्छ भन्ने बुझ्नु जरुरी छ ।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post