केही समय अघि काठमाडौको रानिबारिमा एउटा तरकारी बेच्ने ठेला बाटोमा थियो । यसो त तरकारी बेच्ने त्यस्ता ठेला तथा पसलहरु थुप्रै भेटिन्छन काठमाडौमा । तर उक्त ठेलामा तरकारी मात्र थिएन ।
एउटा सानो ठेला जसमा सागका मुठाहरु थिए र त्यही बिचमा एउटा तरकारी राख्ने क्यारेट पनि । उक्त क्यारेटमा भने तरकारी नभएर एउटा ९ महिनाको बच्चा थियो । तरकारी र क्यारेटमा बच्चा राखिएको ठेला लिएर हिडिरहेकी थिइन एक महिला । उनको दैनिकी यसरी नै बित्ने गरेको रहेछ ।
रसुवाकी कुमारी बस्याल काठमाडौमा कोठाभाडामा बस्दै आएकी छिन । बच्चा जन्मिए पछि श्रीमान छोडेर हिडेको कुमसृले बताए थिइन । अहिले भने उनका श्रीमान अर्जुनसगँ भेट भएको छ । अर्जुनले भने कुमारी आफ्नो श्रीमती नभएको र उक्त बच्चा आफ्नो नभएको बताए । घरमा आफ्नो श्रीमती र छोराछोरी भएको भन्दै अर्जुनले कुमारी र बच्चालाई स्वीकार गरेनन । तर कुमारिले भने गएको लकडाउनमा अर्जुन चैत महिनादेखि असोज महिनासम्म आफ्नो कोठामा आफैसगँ बसेको बताईन ।
त्यो भन्दा अगाडि पनि अर्जुन आफ्नो पछि लागेको १० वर्ष भै सकेको कुमारिले बताईन । आफुलाई दिनमा कयौंपटक फोन गर्ने, कोठामा आउने गरेको उनको भनाई थियो । अर्जुनको छोराछोरी समेत भएको भन्ने आफुले थाहा पाए पछि आफुले अर्जुनलाई अस्वीकार गर्दा पनि अर्जुनले आफ्नो पिछ नछोडेको कुमारिको भनाई छ । केही समय पछि भने अर्जुनले आफ्नो श्रीमतीसँग अब कुनै सम्बन्ध नभएको भन्दै आफुसगँ बिबाह गर्ने कुरा गर्दै आउने गरेको कुमारिले बताईन ।
त्यसै कारण लकडाउन हुदा चैत महिना देखि अर्जुन र आफू सगैँ बसेको कुमारिको भनाई छ । असोज महिनासम्म सगै बसेर अर्जुन घर गएर आउने भनी गएको र सम्पर्क बिहिन भएको कुमारिले बताईन । त्यही बेला आफ्नो पेटमा बच्चा रहेको कुमारिको भनाई छ । तर अर्जुनले भने आफू त्यहा नबसेको बताए । कुमारी बसेकै घरमा बस्ने अन्यले पनि अर्जुन त्यहा बसेको बताएका छन । अहिले अर्जुन आफ्नी जेठी श्रीमती सहित कुमारिको सम्पर्कमा आएका हुन ।
अर्जुनले भने आफू र कुमारिले सगै काम गरेको बताएका छन । त्यही कारण आफुलसिइ आरोप लगाएको उनको भनाई छ । कुमारी अन्य थुप्रै केटहरुसगँ हिड्ने गरेकोले आफ्नो बच्चा नभएको बताए । उनिहरुबिच विवाद बढेपछी हानाहान पनि भएको थियो । अर्जुनले मिडियामा बेइज्जत गरेको भन्दै कानुनी रुपमा सबै कुरा टुंगोमा पुर्याउने बताए । आफू डिएनए टेस्ट पनि गर्न तयार रहेको भन्दै कानुनी रुपमा गए पछि सबै कुरा प्रमाणित हुने भन्दै कानुन अनुसार जाने बताए ।
भिडियो हेर्नुस :-