काठमाडौँको एक कोठामा बाउ छोरी यस्तो अवस्थामा भेटिएपछि, परिवारको बि’जोग (भिडियो)

काठमाडौ । १ बर्ष अगाडि मात्र दोलखाबाट उपचारको शिलशिलामा काठमाडौ आएका हुन डिल्ली बहादुर कार्की ।दोलखा निबासी डिल्ली बहादुर केही बर्ष अगाडि रुखबाट खसेर आफनो ढाड भाच्न पुुगे त्यसपछि उनी उपचारका लागि यहा आए ।

आएको एक बर्षमा लकडाउनको चपेटामा परेर अहिले के खाउ के लाउ भाको छ । न त आफू बसेको घरको भाडा तिर्न सकेका छन न त दुुई छाक खानानै । गाउमा खेती किसानी गर्दागर्दै रुखको हागो लाछिएर करिब २० फिट तल खस्दा यस्तो अवस्थामा आईपुगे ।

काठमाडौ आएपछि पनि यसैका लागि करिब १२—१३ लाख खर्च गरे डिल्लीले । घर बारी सबै बेचेर ७ लाख रिन लगाएर यतिसम्म अवस्थामा पुगेका छन ।३ छोरीका बुवा बनेका डील्ली भन्छन छोरीले दिसा पिसाब स्याहार्दा आफैलाई बि.ष खाएर मरम जस्तो लाग्छ भन्छन ।

श्रीमतीले लकडाउन अगाडि महिनाको ५ हजार आउने जागिर गर्थिन तर त्यो पनि अहिले छैन र छोरीले फेन्सीमा काम गर्थिन त्यहाको पनि अहिले आश हरायो भन्दै छोरी भक्कानिईन ।

१५ बर्षकी छोरी ९ कक्षामा पढदापढदै बाबुको यो अवस्था भएपछि पढाई पनि छोडिन । रुमभाडा नदिएको पनि २ महिना भयो अब सडकमा बास होला भन्दै परिबारनै भक्कानिए ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post