चितव’न खै’रहनी नगरपालिका ११ का डिलवहादुर गुरुङ ७ वर्षको भारत वसाई पछि घर फर्किए । रोजगारीको सिलसिलाका लागि भारतमा रहेका उनि चैत ८ गते घर आएका थिए । स्वास्थ्यमा सम’स्या देखिएपछि उनी अस्पताल भर्ना भए ।
नि’मोनिया रहेका उनको चैत १० गते राती उपचा’रका क्रममा नि’धन भयो । डिलवहादुरका छोराहरु छैनन् । दुई श्रीमतीबाट ज’न्मिएका तीन छोरी छन् । जेठी श्रीमतीकी जेठी छोरीको विहे भई’सकेको छ । कान्छी १७ वर्षकी छिन् । कान्छी श्रीमतीबाट ज’न्मिएकी छोरी ७ वर्षकी छिन् ।
छोरा नभएकै कारण डिलवहादुरको मृ’त्यु सं’स्कार उनकी १७ वर्षिया छो’री अनिशाले गरेकी छिन् ।आफैले दा’गवत्ती दिएकी अनिशाले लामा प’रपम्परा अनुसार १३ दिनको का’जकि’रिया गरेकी छिन् । १३ दिनको कार्य उनले शनिवार आज पुरा गरेकी छिन् ।
उटै को’खबाट ज’न्मिएका छोराछोरी समान हुन् अनिशाले भनिन् – काजकिरि’यामा पनि समानता ल्याउन पुरानो परम्परा तो’ड्न आवश्यक छ । कतिपय ठाउँमा छोरी कि’रिया वस्दा समाजले फरक दृष्टिकोणले हेर्ने गर्छ । तर आफ्नी नातिनी बुबाको कि’रिया वस्दा कुनै वि’रोध नभएको उल्टै समाजले राम्रो मा’नेको हजुरवुवा कृष्ण गुरुङले वताए ।
खैरहनी नगरपालिका कार्यपालिका सदस्य गोमादेवी भुजेलले पनि आफ्नी आमाको कि’रिया आफैले गरेको वताउँछिन् । त्यो वेला छोरीले कि’रिया गर्न हुन्न भनेका थिए भुजेलले भनिन् – एउटै कोखबाट ज’न्मिएका छोराछोरी समान हुन्, भे’दभाव गर्न हुन्न भन्ने सन्देश दिन कि’रिया गरियो ।
मृ’त्यु पछि छोराले मात्र सं’स्कार गर्नु पर्छ भन्ने परम्परालाई तो’ड्नु पर्ने कार्यपालिका सदस्य भुजेलको भनाई छ । छोरा छोरी ज’न्माउँदा समान पीडा हुन्छ उनले भनिन् –का’जकिरियामा पनि समानता ल्याउन जरुरी छ ,छेकबार हुनु हुदैन । यसअघि खैरहनी १० की महिला अधिकारकर्मी सुकमाया भुजलले पनि आफ्नी आमाको कि’रिया गरेर छोराले मात्रै सं’स्कार गर्नु पर्छ भन्ने मान्यातालाई तो’डेकी थिईन्