उडेको केहि मिनेटमै विमान दु’र्घटना, चर्चित गायिकासहित आधा दर्जनको मृ’त्यु !

ब्राजिलकी लोकप्रिय गायिका मारिलिया मेण्डोंकाको शुक्रबार एक विमान दु’र्घटनामा नि’धन भएको छ।द क्वीन अफ सफरिङ’ नामले परिचित ‘ल्याटिन ग्रामी’ विजेता मारिलिया केवल २६ वर्षको थिइन्।

कन्ट्री म्यूजिकको लोकप्रिय युवा स्टारमध्ये एक मारिलिया ब्राजिलमा नै हुने एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउन गएकी थिइन्। उनको विमान ब्राजिलको गोइयानिया शहरबाट कैरेटिंगा जाँदै थियो।

दु’र्घटनामा गायिकाका अलावा अन्य चार व्यक्तिको पनि नि’धन भएको छ। जसमा उनको एक काका पनि थिए। विमानमा एक निर्माता र अन्य दुई विमानका क्रु सदस्य थिए।

विमान के कारणले दु’र्घटनामा पर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। मारिलियाले शुक्रबार बेलुका ब्राजिलको कैरेटिंगामा सांगीतिक प्रस्तुति दिने कार्यक्रम थियो। गायिकाले घ’टना हुनुभन्दा केही समय।

अघि एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। जुन भिडियो अहिले भाइरल भइरहेको छ। भिडियोमा उनी निजी विमानमा बोर्ड गर्ने तयारी गरिरहेकी छन्। उनको फ्यान फलोइङ करोडौं छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post