सल्यानकाे कुमाख गाउँपालिका वडा नम्बर २ स्वीकाेट नेटामा एक महिलालाइ ३ जना मिलेर कु’टपिट गरेका छन् । पुस १७ गते नेटाबजारमा किराना पसल गर्ने डम्बरी बुढाथाेकीलाइ छिमेकी सम्झना बुढाथाेकी, उनका श्रीमान भीम प्रकाश वलि र बहिनी सबिना बुढाथोकीले कु’टपिट गरेका थिए ।
जुन भिडियाे अहिले सामाजिक संजालमा भाइरल भएकाे छ । यी दुइ बीच पहिलेदेखि नै रिसारिस भएकाे र झगडा हुने गरेकाे स्थानीयहरु बताउँछन् । कु’टपिट गर्ने सम्झनावि’रुद्ध यसअघि पनि प्र’हरीमा केहि उजुरीहरु छन् ।उनले गाउँका अन्यलाइ पनि कु’टपिट गर्ने गरेकाे र दुवैपक्ष आएर प्र’हरीमा मिलापत्र गर्दै जाने गरेका थिए ।
उनि बनगाड कुपिण्डे नगरपालिका स्थित गर्चेकाे स्कुलमा पढाउने शिक्षिका पनि हुन् । एक मिनेटकाे उक्त भिडियाेमा कुटिमाग्ने डम्बरी बुढाथाेकी राेइरहेकाे देखिन्छ भने तीन जनाले सामुहिक रुपमा हानिरहेकाे देखिन्छ । आफु पसलमा बसिरहेकाे बेला तिनजना आएर आफुलाइ कु’टपिट गरेकाे डम्बरीले बताइन् । ‘मेराे पसल र उनकाे घर तलमाथी छ ।
पहिला उसले गाली गरि, एकहाेराे दाेहाेराे हुँदाहुँदै करिब एक घण्टा जति मुख छाडाछाड भयाे,’ लेकाली अनलाइनकाे सम्पर्कमा आएकी उनले भनिन्, ‘त्यसपछि उसकाे परिवार सबै आएर मलाइ कु’टपिट गरे । उता कु’टपिट गर्ने सम्झनाले पहिला डम्बरीले आफुलाइ घाँस काट्ने आँसीले हानेकाे र त्यसपछि आफुले जवाफी कारबाही गर्न कुटपिट गरेकाे बताएकी छन् ।
आँसीले हान्दा आफुलाइ चाे’ट लागेकाे बताउँदै उनले उपचार गर्न आफु चाैरजहारी अस्पताल पुगेकाे बताइन् ।आफुलाइ ज्यान मार्ने उद्धेश्यले कुपिटपिट गरेकाे भन्दै प्र’हरीमा जाहिरी दिन आफु जिल्ला प्रहरी कार्यालय सल्यान आएकाे उनले बताइन् ।
पुरा जानकारीको लागी भिडियो हेर्नुहोस