कुवेतमा ज्यान गुमाएका चार नेपालीको शव कतार हुँदै नेपाल ल्याईदै अलि कति दया माया भए पूरा पढेर शेयर गर्नु होला

रोजगारीका क्रममा कुवेतमा ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल ल्याईदै छ । कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु नेपाल ल्याईन लागेको हो ।

केही समय देखी सबै कानुनी प्रकृयाहरु पुरा भएर पनि सिधा तथा नियमित उडान नहुँदा कुवेतमै रोकिएका १ महिला सहित ४ जना नेपालीको शब नेपाल पठाउन लागिएको नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बताउनु भयो । चार जनाको शव पठाउँदा पनि अझै १ जनाको शब कुवेतमै रहेको सिलवालको भनाई छ । कुवेतमा मृत्यु भएका यि ४ नेपालीहरुको शव एकै चोटि जुन–१४,२०२१ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौ अवतरण गर्नेछन ।

पछिल्लो समय नेपाल सरकारले कोरोना नियन्त्रणका लागी जारी गरेको निषेध्याज्ञाका कारण केही उडानहरु बाहेक नेपालका अन्तरराष्ट्रिय उडानहरु बन्द छन। कुवेतबाट कम्पनिबाट करार अवधि सकिएर नेपाल फर्किनुपर्ने, बिरामी भएर नेपाल फर्किनुपर्ने तथा आफन्तको मृत्युको कारण नेपाल फर्किनुपर्नेहरु कुवेतबाट नेपालको सिधा उडानको प्रतिक्षामा छन भने सरकारले कतार, टर्की, भारत र चीनमा मात्र त्यो पनि सिमित उडानहरु गरिरहेको छ।***भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post