काठमाडौं । विहिबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सयले बढेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै विहिबार तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि आएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैंयाँले बढेर १२६० मा कारोबार भैरहेको महसंघले बताएको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ थियो ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । महासंघले लगातार दुई दिनदेखि घटेको सुनको मूल्य आज उकालो लागेको जानकारी दिएको हो । यसअघि, मंगलबार र बुधबार निरन्तर मूल्य ओरालो लागेको थियो ।