ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखराको एक होस्टल वार्डेन प’क्रा’उ परेकी छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली छन् ।
उनले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिंगमा रबरले बाँधिदिएकी थिइन् । ती बालक नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लामो समयसम्म यौनांग बाँधिएका कारण अ’सह्य भएपछि ती बालक कक्षा कोठामा चर्को स्व’रमा रोएको र त्यसैबाट उनको यौ’नांग बाँधिएको खुल्न आएको थियो । स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको स्कुल स्रोतले जानकारी दिएको छ । बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको तर, नतिजा न’आइसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीका अनुसार ती बालक डोल्पाबाट पढ्न पोखरा आएका हुन् । ‘उसको बुवा पहिले नै बि’त्नुभएको रहेछ, आमा उतै गाउँमा हुनुहुँदो रहेछ,’ उनले भने, ‘त्यही भएर उसलाई हो’स्टलमा राखेर पढाइएको रहेछ ।
पक्रा’उ परेकी नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक कास्कीले जानकारी दिएका छन् ।
हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएका छन् । उक्त हो’स्टलमा ९ जनाले आश्रय लिइरहेको होस्टलकै एक कर्मचारीले जानकारी दिए । घटना बाहिरिन नदिन हो’स्टल कर्मचारी र स्कु’लबीच गोप्’य स’म्झौता पनि भएको थियो ।