आजको राशिफल, वि.सं. २०७८ पौष १४ गते बुधवार आज श्री पाथिभरा देवीकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ पौष १४ गते बुधवार तदनुसार ई. सं. २०२१ डिसेम्बर २९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : 

बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, चन्द्रास्त : दिउँसो ०१:३३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:४१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०१ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे, पौष कृष्णपक्षको दशमी तिथिदिउँसो ११:४० बजेसम्म, त्यसपछि एकादशी तिथि, स्वाती नक्षत्र, मध्यरात्रीपूर्व ११:०७ बजेसम्म, त्यसपछि 

विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, बेलुका १०:२८ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो ११:४० बजेसम्म, त्यसपछि बब करण बेलुका १०:४० बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : धूम्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : उत्तर (दिउँसो ११:४० बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : दिशि पूजा, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), वस्त्राभरण (नयाँ लुगा वा गहना लगाउने), घर छाउने/ढलान गर्ने, डेरा सर्ने/बसाइँ सर्ने, दैलो राख्ने (द्वारचक्र), कलशचक्र,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइने छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्द्धा फाइदा हुने योग छ ।

आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जे गरे पनि आवेग र रिसरागलाई नियन्त्रणमा राखी धैर्य र लगनशीलताका साथमा काम गर्नुपर्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ ।

आजको भाग्यबल ३० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भूमिनन्दनाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । प्रेमी/प्रेमिकाका बीचमा सुमधुरता र सामीप्य प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउने छ ।

आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिने छ ।

आजको भाग्यबल ३५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्द्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा, मानसम्मान जुटाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ ।

आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अर्काय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नसक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ ।

आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ देवीद्यौराल्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्द्धामा पनि विजयी भइने छ । रोकिएका काम बन्नेछ ।

आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नम: न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र लगनशीलता गर्ने समय छ । 

आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दु:ख पाइने छ ।

आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post