इटहरी उपमहानगरपालिका २ स्थित चन्द्र मेमोरियल इङ्लिस स्कुलमा १० बर्सिया क्षात्रालाई निर्घात कुटपिट गरिएको छ । होमवर्क नगरेको निहुँमा पाँच कक्षामा अध्ययनरत सुरक्षा तामाङमाथि।
होकम्प्युटर शिक्षक सुजन दाहालले निर्घात कुटपिट गरेका हुन् । सरले “पाँच बक्सिङ हिर्काउनुभयो दुख्यो भन्दा पनि छोड्नुभएन” पीडित बालिकाले भनिन् । बालिकाको पाखुरामा नीलडाम प्रस्ट सँग देख्न सकिन्छ । उनको पाखुरा सुन्निएको समेत छ ।
विद्यालयले कुटपिट गर्ने शिक्षक दाहालको बचाउ गरेको पीडित बालिकाकी आमा वीरमाया तामाङले बताइन् । उनले कुटपिट गर्ने शिक्षकलाई कारबाहीको समेत माग गरेकी छिन् ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक देवकुमार दाहाललाई सम्पर्क गर्दा शिक्षकबाट कुटपिट हुनु गलत भएको र आफूहरू विद्यालयको तर्फबाट पीडित बालिकाको परिवार सङ्गको छलफलमा रहेको बताए ।
काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।