बिहान मुख धुँदा साबुनको सट्टामा प्रयोग गर्नुहोस् यी चिज, मिल्छ प्राकृतिक सुन्दरता


काठमाडौँ । अधिकांश मानिसले आफ्नो अनुहार सफा गर्नका लागि साबुन या फेसवासको प्रयोग गर्ने गरेका छन्।तर यी रसायन मिस्रित फेसवास या साबुनले मुख धूनाले यसले छालामा नकारात्मक असर पुर्याउन सक्छ।

जसले त्वचालाई रुखो बनाउछ। यसको अत्यधिक उपयोग गर्नाले उमेर नै नपुगी छाला चाउरिने समस्या देखिन्छ।साबुन र फेसवासमा अत्यधिक मात्रामा रासायनिक तत्व हुने भएकाले यसले छालाको तेललाई सोस्छ र छालालाई रुखो बनाउछ।त्यसैले अनुहार सफा गर्ने नाममा यस्ता रसायनयुक्त सामग्रीको प्रयोग भन्दा पनि घरेलु उपाय अपनाउनु जरुरी छ। यी घरेलु उपायले अनुहारमा चमक त ल्याउछ नै यसका अलवा छाला संग सम्बन्धित हरेक समस्याको समाधान गर्ने गर्दछ।

अनुहारको सफाईका लागि साबुनको ठाउँमा निम्न घरेलु उपाय अपनाउन सकिन्छ

१) दुध

त्वचाको सफाईको लागि काचो दुधको प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ। यसको प्रयोगले मरिसकेका डेड स्किनको सफाई गर्नुका अतिरिक्त त्वचालाई पनि थप चम्किलो र आकर्षक पार्न सहयोग गर्दछ। यो एक नेचुरल क्लिजर हो

२) चिनी

चिनी पनि छालाको लागि एक एक सस्तो र भरपर्दो घरेलु उपाय हो। यसको प्रयोगले छालामा निखार ल्याउन सकिन्छ।चिनीलाई पिसेर दैनिक मुख धुने साबुन या फेसवासको रुपमा प्रयोग गर्नाले यसले मरिसकेका स्किन्लाई थप जीवित बनाउन मदत गर्दछ। यदि चाहनुहुन्छ भने चिनीलाई एलोभेरा संगक मिसाएर समेत प्रयोग गर्न सकिन्छ जुन छालाका लागि निकै नै उपयोगी रहेको छ।

३) मेवा

मेवामा पाइने केरेटोनाईड र भिटामिनले छालामा प्राकृतिक क्लिजरको रुपमा काम गर्दछ। यसले त्वचामा निखार ल्याउछ। मेवाको सानो टुक्रालाई महमा मिसाई अनुहारमा हल्का तरिकाले मसाज गर्नाले अनुहारमा चमकता आउनुका साथै चाया पोतोको समस्यामा समेत फाइदा पुग्ने देखिन्छ।

४) मह

महको प्रयोग विशेषगरी छालासम्बन्धि समस्याको लागि गरिने गरिन्छ। यसले त्वचाको आकर्षकतामा कुनै पनि असर पुर्याउदैन र साथमा यसले त्वाचा सफा पनि बनाउछ।अलिकति महलाई हातमा लिई हल्कासंग मसाज गर्ने र केहि बेर सुक्न दिई हल्का मनतातो पानीले धुनाले अनुहारमा भएका कुनै पनि समस्याबाट छुटकारा पाउन सकिन्छ।

५) नरिवलको तेल

अनुहारमा नरिवलको तेलको प्रयोग गर्नु पनि अति नै लाभदायक छ। यसले छालाको भित्र सम्म पुगी काम गर्ने भएकाले पनि कुनै पनि समस्या आउन बाट रोक्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post