चिया बेचेर लाखौ कमाउने सुन्दरिको कोठा यस्तो देखियो, अनमोल केसीलाई चिया खुवाउने रहर (भिडियो हेर्नुस)

केही दिन देखि काठमाडौको असन क्षेत्रमा चिया बेच्दै हिड्ने सरिता सामाजिक संजालमा निकै भाइरल बनेकी छिन । उनले थर्मसमा चिया बोकेर पसल पसलमा चिया बेच्दै हिडेको फोटो तथा भिडियो निकै भाइरल बनेको छ अहिले सामाजिक संजालमा ।

रुपमा पनि निकै सुन्दर देखिने २२ वर्षकि सरिता उदयपुरकि हुन । उनी बिगत ५ बर्ष काठमाडौ बस्दै आएकी छिन । अध्ययनको शिलशिलामा काठमाडौ बस्दै आएकी सरिता अहिले चिया बेचेरै मासिक लाख रुपैया भन्दा धेतै कमाउछिन ।सरिता बिगत १ बर्ष देखि यसरी चिया बेच्दै आएकी छिन । उनले अगिले भाइ सुजनको अध्ययन खर्च आफैले गर्दै आएकी छिन भने आफुले कमाएको पैसा घर पनि पठाउछिन ।

२० बर्ष को उमेर देखि कुनैपनिकाम पनि सानो ठुलो हुदैन भनी अध्यय सँगसँगै चिया ब्यापार थालेको सरिता बताउँछिन । सानो लगानि मै हुने चिया व्यापार सुरु गरेको पहिलो दिनमा ३२० रुपैयाँको व्यापार भए पछि केही हुने रहेछ भन्ने लागेर आफुले यसलाई निरंतरता दिएको सरिता बताउँछिन ।

सरिताको कोठामा हेर्दा चिया बोक्ने थर्मसको लाइन नै देखिन्थ्यो । साथै चिया बनाउने भाडाहरु पनि देखिन्थे । कोठामै चिया बनाएर थर्मसमा बोकि उनी बिहान र बेलुका करिव ६ घण्टा चिया बेच्न हिड्ने गरेको बताउँछिन । अहिले आफुले दुधचिया र कालो चिया गरि दैनिक करिव ४०० कप चिया बेच्ने गरेको सरिता बताउछिन् । सुरुवाती केही महिना दैनिक २०० कप जति बिक्री हुने गरेको उनी बताउछिन । सुरुवाती समय आफू बसुन्धरा क्षेत्रमा चिया बेच्ने गरेको बताईन ।

अहिले असन तथा बसन्तपुर क्षेत्रमा आए पछि भने व्यापार पनि निकै बढेको उनी बताउँछिन । बसन्तपुर तथा असन क्षेत्र काठमाडौको निकै भिडभाड हुने ठाउँमा पर्दछ म त्यसैले पनि यहा व्यापार राम्रो भएको सरिता बताउँछिन । आफ्नो भाइ सुजन सगैँ सरिता अहिले बस्दै आएकी छिन । भाइ सुजनले पनि आफ्नो काममा आफुलाई हौंसला दिने गरेको बताउछिन । अहिले सुजन पनि दिदिलाई काममा सहयोग गर्दै आएका छन । सरिताले लिएर गएको चिया सकिए पछि सुजन चिया पकाएर सरिताले बोलाएको ठाउँ सम्म लग्दिने गर्ने गरेको सुजन बताउँछन ।

दिदी बिहान बेलुका चिया लिएर गए पछि कोठामा खाना पकाउने लगायतका काम सुजले नै गर्दै आएको बताउँछन । दिदिले आफ्नो हरेक ईच्छा पूरा गर्दिने गरेको सुजन बताउछन् । अहिले आफ्नो व्यापार खर्च महिनाको १ लाख लाग्ने सरिता बताउछिन । त्यसमा नाफा १ लाख बराबर बस्ने गरेको उनले बताईन । आफुले पकाएको चिया नायक अनमोल केशीलाई खुवाउने रहर भएको सरिताले हास्दै सुनाईन । चिया पिएर अनमोलले कस्तो प्रतिक्रिया दिन्छन त्यो सुन्न मन भएको उनको भनाई छ ।

( भिडियो हेर्नुस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post